९ पुस २०८२, बुधबार | December 24, 2025

आजको मौसम : १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली



काठमाडौं । हाल देशभरको मौसममा दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशका पुर्वी भू-भागहरु र प्रदेश न २ को मौसममा आंशिक बदली रहेको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भाव छ ।

त्यस्तै देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशका पहाडी भू-भागहरू र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागहरूको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

देशको सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ४० बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)