१२ बैशाख २०८१, बुधबार | April 24, 2024

चिकित्सकको जन्मदिनमा चेपाङ बालबालिकालाई सहयोग



बुटवल । रुपन्देहीका वरिष्ठ न्युरोसर्जन डा.केआईसिह केसीले बुधबार जन्मदिन पारेर चितवन गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद २० हजार रुपैया सहयोग तथा रक्तदान गरेका छन ।

जन्मदिन पारेर सामाजिक कार्यमा थोरै भएपनि योगदान दिने रुपमा आर्थिक सहयोग गरेको उनले बताए । आफन्त डाकेर भिडभाड गरि भोज गर्नुमा खर्च हुने रकम सहयोग गर्ने परिपार्टी विकास गर्नुपर्ने उनले सुझाव समेत दिए । सधै अरुलाई भन्नुभन्दा पनि समाज परिवर्तन आफैबाट शुरुवात गर्नुपर्ने उनको धारणा छ ।

चिकित्सक केसीले बुधबार कान्तिपुर मिडिया लुम्बिनी प्रदेशका प्रमुख तथा संस्थाका सल्लाहकार दीपेन्द्र बडुवाललाई चेक हस्तान्तरण गरेका छन । गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रमा सय जना बढि अनाथ बालबालिकाहरु आश्रित छन ।

स्थाई श्रोत नहुदा समस्यामा रहेका बालबालिकाहरुलाई देशभरबाट सहयोग जुट्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्लाका प्रेमलाल उदास, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले सामाजिक कार्यमा सबैको सहकार्य हुनुपर्ने बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  २ : ५४ बजे

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री