१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मोरङ घटनाका दोषीलाई कानूनी कारवाही गर्न आयोगको माग



काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले मोरङ घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा कुनै पनि व्यक्तिलाई विचार आस्था र आशङ्काका आधारमा स्वेच्छाचारीरुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा यही मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरेको हो ।

आयोगको प्रदेश कार्यालय विराटनगरले घटनाको अनुगमन गरिरहेको छ । आयोगलाई प्राप्त नेपाल कम्युनिष्ट पार्टी मेची–कोशी ब्यूरोको प्रेस वक्तव्यअनुसार उक्त हत्या सोही पार्टीका कार्यकर्ताबाट भएको देखिएको छ । व्यक्ति हत्याजस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ ।

नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । आफ्ना राजनीतिक विचार अभिव्यक्त गर्ने, बिना हातहतियार भेला हुने, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने तथा असहमतिलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : १० बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर