७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भ्रष्टाचार न्यूनीकरण गर्न सार्वजनिक निकायमा बसेका ब्यक्ति र नागरिक दुबैको भूमिका महत्वपूर्ण हुने



नेपालगन्ज । राष्टिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले नेपाल पछिल्लो समय भ्रष्ट मूलुकको सूचिमा अग्रस्थानमा देखिएको भन्दै भ्रष्टाचार न्यूनीकरण गर्न सार्वजनिक निकायमा बसेका ब्यक्ति र नागरिक दुबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले इमान्दारीता पूर्बक जिम्मेवारी बहन गर्ने व्यक्ति लाई सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी भएको बताउँदै कुनै पनि नागरिक, कर्मचारी र जनप्रतिनिधिले अनुशासित र कानुनको परिधि भित्र रहेर काम गरेमा भ्रष्टाचार कम हुने स्पष्ट पारे । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा असल शासन क्लब(बास)ले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले सबै राष्ट्र सेवकले म भ्रष्टाचार गर्दैन र गर्न दिदैन भन्ने अठोट लिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाले पश्चात बाँकेमा हुने गरेका अबैधानिक गतिविधिमाथि बन्देज गरेको दाबी गरे । उनले सरकारी संरचनाहरु जनमैत्री नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही मैत्री प्रतिक्षालय लगायतका कार्यहरु गरेको बताए । भ्रष्टाचार बिरुद्धको नागरिक सम्मानले निकै खुसीलागेको भन्दे आगामी दिनमा सुशासन र पारदर्शिताका लागि आफु प्रतिबद्ध रहेको उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा बोल्दै जिल्ला कोभिड फोकल पर्सन नरेश श्रेष्ठले कोरोना बिरुद्ध गरेको कामको मूल्यांकन गर्दै बासले गरेको सम्मानले मनोवल उच्च बनाएको बताए । भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान, कोभिड बिरुद्ध उत्कृष्ट कार्यगर्ने एक जनालाई सम्मान तथा बासका उत्कृष्ट शाखा, कर्मचारी र स्वयम् सेवकलाई सम्मान गरेको कार्यक्रममा सम्मानीत ब्यक्तित्वहरुका बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए ।

दिवसको अवसरमा सम्मान

बासले भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको २०औं बार्षिकोत्सबको अवसरमा बासले २ जनालाई भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान गरेको छ । यसी सम्मानित हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग रहेका छन् । दिवसको अवसरमा बाँके जिल्लामा रही कोभिड न्यूनिकरणमा उत्कृष्ट कार्य गरे बापत जिल्ला कोभिड फोकल पर्सन नरेश श्रेष्ठलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सम्मानित हुनेलाई सम्मानपत्र सहित सम्मान कार्यक्रमका प्रमुख अतिथि राष्टिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा सहित अतिथिहरुले गरेका थिए ।

 

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ११ : २३ बजे

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक