३० श्रावण २०८३, शनिबार | August 16, 2026

भ्रष्टाचार न्यूनीकरण गर्न सार्वजनिक निकायमा बसेका ब्यक्ति र नागरिक दुबैको भूमिका महत्वपूर्ण हुने



नेपालगन्ज । राष्टिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले नेपाल पछिल्लो समय भ्रष्ट मूलुकको सूचिमा अग्रस्थानमा देखिएको भन्दै भ्रष्टाचार न्यूनीकरण गर्न सार्वजनिक निकायमा बसेका ब्यक्ति र नागरिक दुबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले इमान्दारीता पूर्बक जिम्मेवारी बहन गर्ने व्यक्ति लाई सम्मान गर्ने संस्कारको विकास गर्न जरुरी भएको बताउँदै कुनै पनि नागरिक, कर्मचारी र जनप्रतिनिधिले अनुशासित र कानुनको परिधि भित्र रहेर काम गरेमा भ्रष्टाचार कम हुने स्पष्ट पारे । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा असल शासन क्लब(बास)ले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै बास्कोटाले सबै राष्ट्र सेवकले म भ्रष्टाचार गर्दैन र गर्न दिदैन भन्ने अठोट लिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाले पश्चात बाँकेमा हुने गरेका अबैधानिक गतिविधिमाथि बन्देज गरेको दाबी गरे । उनले सरकारी संरचनाहरु जनमैत्री नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही मैत्री प्रतिक्षालय लगायतका कार्यहरु गरेको बताए । भ्रष्टाचार बिरुद्धको नागरिक सम्मानले निकै खुसीलागेको भन्दे आगामी दिनमा सुशासन र पारदर्शिताका लागि आफु प्रतिबद्ध रहेको उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा बोल्दै जिल्ला कोभिड फोकल पर्सन नरेश श्रेष्ठले कोरोना बिरुद्ध गरेको कामको मूल्यांकन गर्दै बासले गरेको सम्मानले मनोवल उच्च बनाएको बताए । भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान, कोभिड बिरुद्ध उत्कृष्ट कार्यगर्ने एक जनालाई सम्मान तथा बासका उत्कृष्ट शाखा, कर्मचारी र स्वयम् सेवकलाई सम्मान गरेको कार्यक्रममा सम्मानीत ब्यक्तित्वहरुका बारेमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए ।

दिवसको अवसरमा सम्मान

बासले भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको २०औं बार्षिकोत्सबको अवसरमा बासले २ जनालाई भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान गरेको छ । यसी सम्मानित हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग रहेका छन् । दिवसको अवसरमा बाँके जिल्लामा रही कोभिड न्यूनिकरणमा उत्कृष्ट कार्य गरे बापत जिल्ला कोभिड फोकल पर्सन नरेश श्रेष्ठलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सम्मानित हुनेलाई सम्मानपत्र सहित सम्मान कार्यक्रमका प्रमुख अतिथि राष्टिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा सहित अतिथिहरुले गरेका थिए ।

 

 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ११ : २३ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो