१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

चार सय घरेलु तथा साना उद्योग सञ्चालन स्वीकृति



बागमती । चालू आर्थिक वर्षको विगत चार महिनामा ४४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् ।

साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने ७४ ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालय प्रमुख जगन्नाथ दाहालले जानकारी दिए ।

वाणिज्यका ४५ र उद्योग तर्फका २९ प्रतिष्ठान खारेज भएको बताइएको छ । विगत चार महिनामा सो कार्यालयले उद्योग दर्ता र नवीकरणवापत रु एक करोड ४९ लाख ५६ हजार राजश्व प्राप्त गरेको छ ।

सो अवधिमा ४११ उद्योगको नवीकरण र २५ उद्योगको नामसारी तथा १२ उद्योगको ठाउँसारी भएको स्वीकृति प्रदान गरिएको दाहालले बताए । त्यस्तैगरी वाग्मती प्रदेशको उद्योग पर्यटन तथा वन मन्त्रालयमा चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म चार हजार २४८ उद्योग दर्ता भएको छ । साउनदेखि कात्तिकसम्म उक्त मन्त्रालयमा एक हजार ५६८ वाणिज्य र २६३ वटा पर्यटन व्यवसाय दर्ता भएको बताइएको छ ।

चालू आर्थिक वर्षको चार महिनामा दर्ता भएका उद्योगबाट १८ हजार १२० जनालाई रोजगारीको सिर्जना हुने बताइएको छ । त्यसैगरी सो अवधिमा मन्त्रालयले विभिन्न शीर्षकमा प्राप्त आन्दानी रु ११ करोड दुई लाख प्रदेश सरकारको सञ्चित कोषमा राजश्वसमेत जम्मा गरेको छ ।

यसैगरी कोभिड-१९ को समयमा प्रदेश सरकारले रु २४ लाख ७७ हजार उद्योग पर्यटन व्यवसायलाई छुट दिएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । त्यस्तै चालू आर्थिक वर्षको उक्त अवधिमा १४९ पटक गरेर कूल ९४७ व्यवसायी प्रतिष्ठानको अनुगमनसमेत गरिएको छ। त्यस्तै १६३ उद्योगमा अनुगमन भएको तथा ५९ फर्मलाई कारवाही गरिएको उनले बताए ।

यसै सम्बन्धमा हेटौंडा ओद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले कोरोनाका कारण साना तथा ठूला उद्योगको अवस्था नाजूक रहेको बताए ।

हेटौँडा ओद्यौगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये अधिकांश पूर्ण क्षमतामा सञ्चालन अवस्थामा नरहेको उनको भनाइ छ । हेटौंडाका काष्ठ उद्योगी रामपुकार ठाकुरले उत्पादन एवं निर्माण गरिएको सामानको बजारमा बिक्री वितरण कम रहेको गुनासो गरे । रासस

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ६ : २५ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने