२ श्रावण २०८३, शनिबार | July 18, 2026

कोरोना संक्रमणले बिस्तरामा लखटरान परेका चिकित्सकको दिमाखमा जव गीत गुन्जन्छ….(भिडियो सहित)



बुटवल । रात दिन बिरामीको सेवामा समर्पित चिकित्सक जव आफैमा कोरोना संक्रमित भएर बिस्तरामा लखतरान पर्दछन् तव उनीहरुको दिमाखमा खेल्ने शब्द, बिरामीका पिडाको अनुभूती र भोलीको भबिश्यका बारेमा आउने सोंचलाई समेटेर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले गीतको सृजना गरेका छन् ।

संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको आज एक कार्यक्रम गरि सार्वजानिक गरिएको छ । समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने मनोभावलाई जस्ताको तस्तै म्युजीक भिडियोमा उतारिएको छ । दुखाईको पिडा, मृत्यु भएपछि परिवारले भोग्नु पर्ने समस्याको अवस्था, संक्रमित हुंदा समाजले गर्ने तिरस्कार, प्लास्टिकमा बेरिएर गरिएको दाहसंस्कार मानसपटलमा कसरी घुम्दछ भन्ने बिषयलाई म्युजीक भिडियोमा जस्ताको तस्तै उतारिएको छ । बिरामीको सेवामा लाग्दा एउटा चिकित्सकमा आउने भावनालाई शब्दमा उनेर डा. खनालले कारुणीक सिर्जना गरेका छन् ।

वालकृष्ण पान्डेको म्युजीक डा राजेन्द्र खनालको गीतकार सुदिप सागरको एरेन्ज सनोज पौडेलको फोटोग्राफि र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजीक भिडियो आजबाट युट्युव च्यानलमा हेर्न र सुन्न सकिने डा. खनालले बताएका छन् । म्युजीक भिडियोमा बालकृष्ण पान्डेको आवाज रहेको छ ।

बेला बखत मनोभाव लेखेर चर्चा कमाउने गरेका मेसु खनालले चिकित्सकको नैतिक जिम्म्ेवारीलाई पनि गीतको भावले जगाउने प्रयास गरेका छन् ।

म्युजीक भिडियो सार्वजानिक गर्न प्रादेशिक अस्पतालमा गरिएको कार्यक्रममा बोल्दै डा. खनालले संक्रमितको अनुभूतिलाई आफ्नै पिडामा समिश्रण गर्दा गीत बनेर निस्केको बताए ।

सामाजिक विकास मन्त्रालयका निर्देशक उमाशंकर चौधरीले आफु संक्रमित हुंदा भेन्टिलेटरमा बसेर कल्पना गरेको कुरा म्युजीक भिडियोमा समेटिएको बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले आफु संक्रमित हुँदा स्थानीय जनप्रतिनिधिले आफ्नो घरको गेटमा बाहिरबाट ताला लगाईदिएको स्मरण गर्दे आफन्तले समेत १० मिटर टाढाबाट बोल्ने गरेको अनुभव सुनाएका थिए । कोरोनाले ग्रसित हुँदा एम्बुलेन्स नपाएर पैडल एक्सरे गर्न अस्पताल पुग्नु परेको, घर वरिपरिका छिमेकीहरु घरको बाटो समेत नहिंडेको जस्ता पिडाले मानीसलाई अझै कमजोर बनाउने गरेको डा. खनालले बताए ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ३ : ४८ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ