२० मंसिर २०८२, शनिबार | December 6, 2025

गोरुसिंगेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ शाखा कार्यालय सञ्चालनमा



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कपिलवस्तुको गोरुसिंगेमा शाखा कार्यालय सञ्चालनमा लयाएको छ ।
राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नित भएसँगै बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुद्धभूमि नगरपालिका वडा नंं. २ गोरुसिंगे बजारमा बैंकले बिहीबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

बैंकको यो ७१ औं शाखा हो । शाखा कार्यालयको बुद्धभूमि नगरपाकिलाका प्रमुख केशवप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । सो अवसरमा नगर प्रमुख श्रेष्ठले शाइन रेसुङ्गा लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको र गोरुसिंगेमा नयाँ शाखा स्थापानाले नगरवासीहरु लाभान्वित हुने बताए ।

उद्घाटन कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थी,गोरुसिंगे शाखा प्रमुख सन्तोष घिमिरेले शाखा कार्यालयबाट कृषि,ब्यापार,उद्योग र सेवा क्षेत्रमा सहुलियत दरमा कर्जा प्रवाहका साथै निक्षेपमा आकर्षक ब्याजदर तथा लकर सुविधा,मोबाइल बैकिङ सुविधा रहेकाले लाभ लिन नगरवासीलाई आग्रह गरे ।
यसअघि कपिलवस्तुमा शाइन रेसुङ्गा बैंकको चार नम्बर जितपुर र चन्द्रौटामा पनि शाखा कार्यालय रहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : २० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय