३० भदौ २०८३, मंगलबार | September 15, 2026

सनराइज बैंकले सस्तोडिलबाट सामान खरिद गर्ने ग्राहकलाई क्यास व्याक दिने



काठमाडौ । सनराइज बैंकले सस्तोडिलबाट सामान खरिद गर्ने ग्राहकलाई क्यास व्याक दिने भएको छ । बैंकले सस्तोडिल डटकमको ९ औं वर्ष पुगेको उपलक्ष्यमा सामान खरिद गर्दा क्यास व्याकको योजना ल्याएको हो ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियानलाई आत्मसात् गर्दै आएको बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले गर्ने प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम ने.रु.२,५०० सम्म रकम बैंकले क्यास व्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिर देखि ३० मंसिर २०७७ सम्म रहने छ भने क्यास व्याक रकम योजना समाप्ति पछि प्रदान गर्ने बैंकले जनाएको छ ।

कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : ३७ बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी