२० मंसिर २०८२, शनिबार | December 6, 2025

सनराइज बैंकले सस्तोडिलबाट सामान खरिद गर्ने ग्राहकलाई क्यास व्याक दिने



काठमाडौ । सनराइज बैंकले सस्तोडिलबाट सामान खरिद गर्ने ग्राहकलाई क्यास व्याक दिने भएको छ । बैंकले सस्तोडिल डटकमको ९ औं वर्ष पुगेको उपलक्ष्यमा सामान खरिद गर्दा क्यास व्याकको योजना ल्याएको हो ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियानलाई आत्मसात् गर्दै आएको बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास व्याक दिने योजना ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले गर्ने प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम ने.रु.२,५०० सम्म रकम बैंकले क्यास व्याक प्रदान गर्नेछ । यो योजना २६ मंसिर देखि ३० मंसिर २०७७ सम्म रहने छ भने क्यास व्याक रकम योजना समाप्ति पछि प्रदान गर्ने बैंकले जनाएको छ ।

कोभिड १९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : ३७ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय