२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह



पुरानो फोटो

चितवन । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरेको हो ।

समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको जनाइएको छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम रहेको उल्लेख गर्दै उक्त पर्व पनि घरमै बसी मनाउन आग्रह गरिएको छ । बालाचतुर्दशीमा देवघाटमा सदबिज छर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सदबिज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताए । उनले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताए । अन्त्येष्टि कर्ममा समेत थोरै सङ्ख्यामा मलामी आएर भौतिक दूरी कायम गर्दै अन्त्येष्टि गर्न आग्रह गरिँदै आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १० : २३ बजे

पर्यटकको रोजाइमा अन्नपूर्ण-धौलागिरि पदमार्ग

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग

व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दो‍स्रो संस्करणको पहिलो क्वालिफायरमा

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई