४ चैत्र २०८२, बुधबार | March 18, 2026

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह



पुरानो फोटो

चितवन । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउ आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरेको हो ।

समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको जनाइएको छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम रहेको उल्लेख गर्दै उक्त पर्व पनि घरमै बसी मनाउन आग्रह गरिएको छ । बालाचतुर्दशीमा देवघाटमा सदबिज छर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सदबिज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताए । उनले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताए । अन्त्येष्टि कर्ममा समेत थोरै सङ्ख्यामा मलामी आएर भौतिक दूरी कायम गर्दै अन्त्येष्टि गर्न आग्रह गरिँदै आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १० : २३ बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५