१६ चैत्र २०८२, सोमबार | March 30, 2026

द ब्रिटिस कलेजमा हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरु



काठमाडौँ । लामो समयदेखि गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले बिएसस्सी (हन्स) हस्पिटालिटी बिजेनश म्यानेजमेन्टको पढाई सुरु गरेको छ ।

बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँगको सहकार्यमा हस्पिटालिटीसम्बन्धी नयाँ कोर्ष सुरु भएको हो । बिजनेश कोर्षका लागि प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा आफूलाई स्थापित गराउँदै द ब्रिटिस कलेजले सोही उत्साहका साथमा हस्पिटालिटी क्षेत्रमा पनि पाइला अघि सारेको हो ।

चार वर्षे बीएचएम शैक्षिक कार्यक्रमले विद्यार्थीहरुलाई हरेक रूपमा सक्षम बनाउने र कुनै पनि चुनौतीको सामना गर्नसक्ने साथै, रचानात्मक उद्यमी र आलोचनात्मक रुपमा सुचित गतिशिल बनाउने लक्ष्य कलेजले लिएको छ । त्यस्तै, बिएचएमको अध्ययन पुरा भएपछि विद्यार्थीहरु सोझै हस्पिटालिटी क्षेत्रमा योगदान गर्नका लागि तयार हुने कलेजको दाबी छ ।

हस्पिटालिटी पछिल्लो समय विश्वकै सबैभन्दा धेरै रोजगारी भएको दोस्रो रोजगारी क्षेत्र हो । प्रत्येक वर्ष ७० लाख जागिर यस क्षेत्रमा खुल्ने अनुमान गरिन्छ ।

द ब्रिटिस कलेजले विद्यार्थीहरुलाई स्पेशलिष्ट जस्तै उनीहरुले रोजेको क्षेत्रको तालिम प्रदान गर्नेछ । होटल, रिसोर्ट, केटरिङ, बैँक, पानीजहाज, उड्ययन र अन्य धेरै क्षेत्रमा हस्पिटालिटी अध्ययन गरेका विद्याथीहरुले रोजगारीको अवसर पाउनेछन् ।

उच्चयोग्य संकाय सदस्यहरुबाट सानो वर्ग बनाएर सेमिनार, लेक्चर्सर ट्युटोरियलमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजले प्रतिवद्धता जनाएको छ ।

कलेजले व्यवहारिक पक्षलाई समेत मध्यनजर गर्दै समाबेशी तथा अत्याधुनिक किचन, रेष्टुरेन्टर रिसेप्सनको व्यवस्था गरेको छ । विद्यार्थीहरुले इन्डस्ट्री स्टाण्डर्डका नयाँ प्रविधि प्रयोग गरी आफ्नो वर्कसपहरु गर्न सक्नेछन् । विद्यार्थीहरुले डाइनिंग सर्भिस, कुलिनरीआट्र्स, फ्रन्टअफिस, हाउसकिपिङ र अन्य धेरै कुराहरु यो वातावरणमा अभ्यास गर्न पाउनेछन् ।

साथै, विद्यार्थीहरुले यसक्षेत्रसँग सम्बन्धित रहेका कलेजका प्रतिष्ठित औद्योगिक पार्टनरहरुसँग फिल्डवर्क गर्नपाउने छन् । जहाँ उनीहरुले कुनै पनि चुनौतीको सामना गर्न र समाधान खोज्न साथै नयाँ अवसरहरुलाई हात पार्न सक्नेछन् ।

त्यस्तै, विद्यार्थीहरुले ९–१२ महिने इन्टर्नसिप गर्न पाउनेछन् । प्राप्त अनुभवले उनीहरु ठूला अन्तराष्ट्रिय कम्पनीमा आफुलाई संगठित बनाउन सहयोग गर्ने कलेजको विश्वास छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : १३ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा