२५ श्रावण २०८३, सोमबार | August 11, 2026

राजसंस्थाको माग गर्दै रुपन्देहीमा शिव सेनाको प्रदर्शन



बुटवल, २६ मंसिर । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार ¥याली प्रदर्शन भएको हो ।

गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डा सहित शुरु भएको ¥याली भलबारीबाट बुद्धचोक,लुम्बिनी रोड,गल्लामण्डी,मिलनचोक,देवकोटाचोक हुंदै बुद्धचोकमा पुगेर कोणसभा गरी समापन भएको थियो ।

कोणसभामा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिक लगायतले राष्ट्रिय एकता,अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरिनुपर्ने धारणा राखेका थिए ।

भ्रष्टाचार र विदेशी हस्तक्षेपले गणतन्त्र असफल भइसकेकाले जनतामा जागरणका लागि देशव्यापी प्रदर्शनको अभियान थालेको उनीहरुको दावी थियो । ¥यालीमा दुईहजार जना भन्दा बढीको सहभागिता रहेको आयोजक नारायण अर्यालले दावी गरे । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा सहभागी हुन राप्रपा रुपन्देहीले विज्ञप्ति नै निकालेर अपील गरेको थियो । बिहीबार पनि भैरहवामा राजावादीहरुले गणतन्त्र खारेजीको माग गर्दै वृहत प्रदर्शन गरेका थिए । राजावादीको यस्ता प्रदर्शनमा प्रशासनले कुनै अवरोध गरेको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ०८ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय