१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना खोपको सहज आपूर्ति व्यवस्था मिलाउन काँग्रेसको आग्रह



काठमाडौं । नेपाली काँग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।

काँग्रेस केन्द्रीय सङ्गठन विभागको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको हो ।

यसैगरी बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट कुटपिट गरी जघन्य हत्या गरिएको घट्नालाई गम्भीरतापूर्वक लिएको छ । हत्यामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको विभाग सचिव बिनकुमार विश्वकर्माले जानकारी दिए ।

बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केही दिन अघि तनहुँमा प्रहरी प्रशासनबाट भएको दुव्र्यहारविरुद्ध मङ्सिर २९ गते पार्टीले देशभर आयोजना गर्ने विरोध कार्यक्रमलाई सशक्त तथा प्रभावकारी बनाउन सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको छ ।

यसैगरी भ्रष्टाचारका विरुद्ध नागरिकस्तरबाट उठाइएका राजनीतिक र सामाजिक मुद्दाप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ४४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना