१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सिकाइ प्रभावकारिताका लागि अभिभावक शिक्षामा लगानी गर्न सुझाव



काठमाडौ । विषम स्थितिमा सिकाइको निरन्तरता र प्रभावकारिताका लागि अभिभावकको भूमिका बढाउन लगानी वृद्धि गर्न शिक्षाकर्मीले जोड दिएका छन् ।

शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा ‘अभिभावकहरु केही जान्दैनन् वा उनीहरुको भूमिका आवश्यक छैनन्’ भन्ने पुरानो मान्यता शिक्षा सुधारमा बाधक भएको जनाइएको हो ।

शिक्षाविज्ञ टीका भट्टराईले अवधारणापत्र प्रस्तुत गर्दै ‘शिक्षाका लागि अभिभावकलाई सिकाऔँ वा उनीहरुलाई अगाडि ल्याऔँ’ भन्ने सोच राज्यमै हुनुपर्छ र त्यसको कार्यान्वयनमा शिक्षकहरु अग्रसर हुनुपर्नेमा जोड दिए । विश्लेषक भट्टराईले विद्यालय खोल्ने–नखोल्ने भन्ने निर्णय गर्दा अभिभावकलाई पूर्वपरामर्शमा राख्न पनि सुझाव दिए ।

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले राज्यले अभिभावकको भूमिकालाई सक्रिय र सुशिक्षित गराउन योजनाबद्ध वा संस्थागत लगानी गर्न आग्रह गर्दै त्यसका आधारमा अभिभावक सक्रिय हुने बताए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले केही समय पहिलेको युनेस्कोको एक अध्ययनले शिक्षामा ४४ प्रतिशत राज्य र ५६ प्रतिशत लगानी अभिभावकले गर्ने गरेको देखाए पनि कानूनी र नीतिगत तहमा अभिभावकको भूमिका सक्रिय नबनाइएको गुनासो गरे ।

शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले अभिभावकको भूमिका शिक्षाका लागि व्यवस्थापन गर्नु मात्रै होइन भन्ने मान्यता विकास गरी ‘च्यारिटी बिगेन्स विथ होम’ भन्ने मान्यतालाई आत्मसात् गरी जीवनपर्यन्त गुणस्तरीय सिकाइको राष्ट्रयसङ्घीय दिगो विकासको लक्ष्य पूर्तिमा लाग्न आग्रह गरे ।

झापाको जनजागृति माविका प्रधानाध्यापक इन्दिरा चुडालले आफूहरुले सिकाइलाई प्रभावकारी बनाउन कोभिड–१९ कै स्थितिमा पनि गाउँपालिकाको स्वीकृतिमा अभिभावकको भूमिकालाई सक्रिय तुल्याइएको अनुभव सुनाए।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ३ : ४२ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद