२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बागलुङका गाउँगाउँमा कठिन भूगोल छिचोलेर पुग्यो सडक



बागलुङ । भौगोलिक रुपमा कठिन भएकाले विशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका–११ रायडाँडाका बसै बस्ती सडक सञ्जालले जोडिएका छन् ।

जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम गर्न सकिने र परदर्शीता कायम गर्दा तीन वर्षमा सबै बस्ती जोड्न सकिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। रायडाँडाको तल्लो र माथिल्लो रामतोला, आफ्रे सल्र्यान, इकिनधारा, सिकादिप, गिलार तथा ओखले सिम्लेसम्मका सबै बस्ती सडक सञ्जालमा जोडिएका हुन् ।

“यसअघि रामतोलाका मानिसले आफ्नै वडाको मुकाम पुग्न भकुण्डेको बाटो हिँड्नु पथ्र्यो”, गौतमले भने, “बालबालिकाका लागि विद्यालय पनि नजिक भएका छन् ।” अन्य विकासका काम गर्न बाँकी भए पनि सडक सञ्जालले जोडिँदासमेत धेरैले खुशीयाली मनाएको उनले जिकिर गरे। अहिले रायडाँडाबाट दैनिक चारवटासम्म जीप सदरमुकामका लागि चल्न थालेका छन् । सडक सहज भएपछि बिरामी, बुढाबुढीले बढी सेवा पाएको उनले बताए।

तीन वर्षमा झण्डै रु एक करोड ५० लाख यहाँका बस्ती जोड्ने सडकका लागि लगानी भएको छ । ती सडक जोडिएपछि दैनिक आवतजावतमा सहज भएको स्थानीयवासी प्रगती थापाले बताउनुभयो ।

रामतोलादेखि भकुण्डेको हिराताल पुग्ने सडक र रायडाँडाको मुकाम जोड्ने गरी अर्को सडक पनि बनेको छ । रु ५० लाख खर्चेर वडाले जोडेको सडकमा पहरा फोड्न नसकेपछि नेपाली सेनाले साथ दिएको थियो । सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलको टोलीले पहरामा विस्फोट गराएर सडक जोड्न सहयोग गरेको हो ।

डोठेआल रामतोला जैमिनी सडकमार्फत पूर्वाधार विकास कार्यालयले पनि यहाँ रु ४३ लाख लगानी गरेर सडक सञ्जाललाई तल्लो रामतोलामा जोडेको छ । यो सडक बनेपछि सदरमुकाम पुग्न सहज भएको तल्लो रामतोलाका बासिन्दा नारायण शर्माले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : ४३ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र