१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

बागलुङका गाउँगाउँमा कठिन भूगोल छिचोलेर पुग्यो सडक



बागलुङ । भौगोलिक रुपमा कठिन भएकाले विशेष क्षेत्रमा समेटिएको बागलुङ नगरपालिका–११ रायडाँडाका बसै बस्ती सडक सञ्जालले जोडिएका छन् ।

जनप्रतिनिधि आएपछि वडा तहसम्म पुग्ने विकास बजेट बढेको, प्रत्यक्ष निगरानीमा काम गर्न सकिने र परदर्शीता कायम गर्दा तीन वर्षमा सबै बस्ती जोड्न सकिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। रायडाँडाको तल्लो र माथिल्लो रामतोला, आफ्रे सल्र्यान, इकिनधारा, सिकादिप, गिलार तथा ओखले सिम्लेसम्मका सबै बस्ती सडक सञ्जालमा जोडिएका हुन् ।

“यसअघि रामतोलाका मानिसले आफ्नै वडाको मुकाम पुग्न भकुण्डेको बाटो हिँड्नु पथ्र्यो”, गौतमले भने, “बालबालिकाका लागि विद्यालय पनि नजिक भएका छन् ।” अन्य विकासका काम गर्न बाँकी भए पनि सडक सञ्जालले जोडिँदासमेत धेरैले खुशीयाली मनाएको उनले जिकिर गरे। अहिले रायडाँडाबाट दैनिक चारवटासम्म जीप सदरमुकामका लागि चल्न थालेका छन् । सडक सहज भएपछि बिरामी, बुढाबुढीले बढी सेवा पाएको उनले बताए।

तीन वर्षमा झण्डै रु एक करोड ५० लाख यहाँका बस्ती जोड्ने सडकका लागि लगानी भएको छ । ती सडक जोडिएपछि दैनिक आवतजावतमा सहज भएको स्थानीयवासी प्रगती थापाले बताउनुभयो ।

रामतोलादेखि भकुण्डेको हिराताल पुग्ने सडक र रायडाँडाको मुकाम जोड्ने गरी अर्को सडक पनि बनेको छ । रु ५० लाख खर्चेर वडाले जोडेको सडकमा पहरा फोड्न नसकेपछि नेपाली सेनाले साथ दिएको थियो । सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलको टोलीले पहरामा विस्फोट गराएर सडक जोड्न सहयोग गरेको हो ।

डोठेआल रामतोला जैमिनी सडकमार्फत पूर्वाधार विकास कार्यालयले पनि यहाँ रु ४३ लाख लगानी गरेर सडक सञ्जाललाई तल्लो रामतोलामा जोडेको छ । यो सडक बनेपछि सदरमुकाम पुग्न सहज भएको तल्लो रामतोलाका बासिन्दा नारायण शर्माले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १२ : ४३ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका