१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

अर्गानिक तरकारी र फलफुल खाने हो त ! गोल्यान समूह अन्तर्गतको ‘माटो ब्राण्ड’ले सुरु गर्यो उपत्यकाका दुई ठाउँमा बिक्री केन्द्र



काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहअन्तर्गतको ‘माटो ब्राण्ड’ले उपत्यकाका दुई ठाउँमा बिक्री केन्द्र संचालनमा ल्याएको छ ।

देशका विभिन्न ठाउँबाट अर्गानिक फलफूल र तरकारी उपलब्ध गराउँदै आएको माटो ब्राण्डले काठमाडौंको बुडानिलकण्ठ र ललितपुरको कुपण्डोलमा बिक्री केन्द संचालनमा ल्याई विक्री गर्न थालेको हो ।

यस्तै ‘माटो ब्राण्ड’ले उपत्यकाका विभिन्न मुख्य चोकमा भ्यानमार्फत तरकारी तथा फलफूल बिक्री गर्दै आइरहेको छ भने भाटभटेनी सुपरमार्केट, सेल्सवेरी र विगमार्टमा समेत माटोले आफ्ना उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ ।

विगत २ वर्षदेखि अर्गानिक कृषिजन्य उत्पादनलाई हरेक नेपालीको भान्सासम्म पुर्याउने उद्देश्यका अगाडी बढेको माटोले आफ्नै बिक्री केन्द्रमार्फत सेवा सुरु गरेको बताएको छ ।

यस्तै गोल्यान समूहले झापामा दुई सय बिघा जमिनमा व्यवसायिक कृषि फार्मको स्थापना गरेको छ जहाँबाट अर्गानिक कृषि उत्पादन गरि विदेशमा समेत निर्यात गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : २९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम