१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण



नुवाकोट । तारकेश्वर नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचका लागि घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै सुविधा दिने उद्देश्यले घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख जनाद्र्धन अधिकारीले जानकारी दिए ।

घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम नगरपालिकाको ११ वटै वडामा सञ्चालन भइरहेको उनले बताए । यस कार्यक्रमका लागि स्वास्थ्य चौकीका प्रमुखको नेतृत्वमा टोली बनाइएको छ । अब नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा तथा जोडोमा न्यानो कपडासमेत पनि वितरण गर्ने बताएको छ ।

स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पुर्याउन नगरपालिकाले छ वटा शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा/एउटा ल्याबसहितको स्वास्थ्य चौकी सञ्चालन गरिरहेको छ ।

आगामी दिनमा महामारी, दैवीप्रकोपजस्ता असाधारण समयमा तत्काल सेवा प्रदान गर्न आकस्मिक स्वास्थ्य कोष स्थापना गरी विशेषज्ञसहितको स्वास्थ्य शिविर पनि सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : १० बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।