४ चैत्र २०८२, बुधबार | March 18, 2026

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण



नुवाकोट । तारकेश्वर नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचका लागि घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै सुविधा दिने उद्देश्यले घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख जनाद्र्धन अधिकारीले जानकारी दिए ।

घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम नगरपालिकाको ११ वटै वडामा सञ्चालन भइरहेको उनले बताए । यस कार्यक्रमका लागि स्वास्थ्य चौकीका प्रमुखको नेतृत्वमा टोली बनाइएको छ । अब नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा तथा जोडोमा न्यानो कपडासमेत पनि वितरण गर्ने बताएको छ ।

स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पुर्याउन नगरपालिकाले छ वटा शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा/एउटा ल्याबसहितको स्वास्थ्य चौकी सञ्चालन गरिरहेको छ ।

आगामी दिनमा महामारी, दैवीप्रकोपजस्ता असाधारण समयमा तत्काल सेवा प्रदान गर्न आकस्मिक स्वास्थ्य कोष स्थापना गरी विशेषज्ञसहितको स्वास्थ्य शिविर पनि सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ६ : १० बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत