१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दाङमा गुडिरहेको बसमा आगो लाग्यो



दाङ । दाङको तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको एक बसमा  गुडिरहेकै अवस्थामा आगो लागेको छ ।

अम्बिकेश्वरी यातायात प्रालीमा दर्ता भएको रा १ ख २३७४ नम्बरको बसमा बिहान ६:३० बजेतिर आगो लागेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा पुग्दा चालक पतिराम चौधरीले आगो लागेको देखेपछि तत्कालै बस रोकेर यात्रु झारेका थिए ।

बसमा आगो लागेपनि कुनै मानवीय क्षति नभएको चालक चौधरीले बताएका छन् । बसमा १३ जना यात्रुहरु रहेका थिए ।

ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागबाट आगो सल्किएको चौधरीले बताए । समयमै दमकललाई खबर गरेपनि समयमा नआएका कारण बस पुरै जलेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम