१५ असार २०८३, सोमबार | June 29, 2026

प्रमुख प्रतिपक्षी काँग्रेसले आज सरकार विरुद्ध देशभर प्रदर्शन गर्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्दैछ । प्रमुख प्रतिपक्षको हैसियतमा काँग्रेसले सरकार विरुद्ध पहिलोपटक वृहत प्रदर्शन गर्न लागेको हो ।

यही मंसिर १७ गते काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै काँग्रेसले आन्दोलनको घोषणा गरेको थियो ।

सरकार सर्वसत्तावादी बनेको, जनताका आधारभूत समस्या समाधानमा समेत ध्यान नदिएको, प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको, कोरोना भाइरसको नियन्त्रण गर्न नसकेको, स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको लगायतका कैयौं माग राख्दै काँग्रेस आन्दोलनमा उत्रिन थालेको हो ।

आजको प्रदर्शन अघि सभापति शेरबहादुर देउवाले प्रदर्शनमा मास्क लगाएर आउन अपील गरेका छन् । सभापति देउवाले जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको जनाएका छन् ।

यसअघि काँग्रेसले गरेको प्रदर्शनमा न्यून सहभागित हुने गरेको थियो । तर, आजको प्रदर्शनमा देशभरबाट १० लाख बढी मानिसलाई सडकमा उतार्ने काँग्रेसले दाबी गरेको छ ।

काँग्रेसले आफु जिम्मेवार प्रतिपक्ष भएर निरन्तर शालीन ढंगले संवादमैत्रीको भूमिका निभाउँदै आएपनि सरकारले त्यसलाई कमजोरीको रुपमा लिएको टिप्पणी गरेको छ ।

प्रदर्शनको नेतृत्व गर्न काँग्रेका नेताहरु विभिन्न जिल्लामा पुगेका छन् । सभापति देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शनको नेतृत्व गर्ने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुमा, महामन्त्री शशांक कोइरालाले विराटनगरमा प्रदर्शनको नेतृत्व गर्नेछन् ।

यसैगरी, नेता गगन थापाले कैलालीमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषाको नेतृत्व गर्ने भएका छन् ।

प्रदर्शनपछि आयोजना हुने सभालाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ०१ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा