२० बैशाख २०८१, बिहिबार | May 3, 2024

ढुक्क हुनुस नेकपा फुट्दैन : गृहमन्त्री थापा



चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पार्टी नफुट्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले पार्टीमा देखिएको अन्तर्संघर्ष र विवादकै कारण पार्टी नफुट्ने बताएका हुन् ।

विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गर्दै थापाले पार्टीमा जारी बहस र छलफलले पार्टीलाई थप सुदृढ बनाउने दाबी गरे । उनले स्थायी कमिटी बैठकले पार्टीभित्रको समस्या समाधानका लागि बाटो पहिल्याउने विश्वास व्यक्त गरे ।

थापा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट भएपछि पछिल्लो दिनमा पार्टीभित्र चर्किएको विवादबारे खासै खुलेका छैनन् । कतिपय आलोचकले भने उनी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगिसकेको दाबी गर्छन् । यद्यपी, पार्टी एकता वचाउनुपर्ने विषयमा भने नेता थापाले आफ्नो मत राख्दै आएका छन् ।

गृहमन्त्री समेत रहेका थापाले सरकार विरोधी तत्व सल्बलाइरहेको बताउँदै उनीहरु सफल हुन नसक्ने स्पष्ट पारे । राजावादीहरु एवं प्रतिगामीहरुको सरकार र व्यवस्थालाई नै उल्ट्याउने सपना पुरा नहुने उनले बताए । थापाले पछिल्ला दिनमा शान्ति सुरक्षामाथि गम्भीर चुनौती समेत देखिन थालेको भन्दै हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन सरकार कडाईका साथ प्रस्तुत हुने चेतावनी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ५७ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक