७ चैत्र २०८२, शनिबार | March 22, 2026

ढुक्क हुनुस नेकपा फुट्दैन : गृहमन्त्री थापा



चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पार्टी नफुट्ने बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले पार्टीमा देखिएको अन्तर्संघर्ष र विवादकै कारण पार्टी नफुट्ने बताएका हुन् ।

विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गर्दै थापाले पार्टीमा जारी बहस र छलफलले पार्टीलाई थप सुदृढ बनाउने दाबी गरे । उनले स्थायी कमिटी बैठकले पार्टीभित्रको समस्या समाधानका लागि बाटो पहिल्याउने विश्वास व्यक्त गरे ।

थापा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट भएपछि पछिल्लो दिनमा पार्टीभित्र चर्किएको विवादबारे खासै खुलेका छैनन् । कतिपय आलोचकले भने उनी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगिसकेको दाबी गर्छन् । यद्यपी, पार्टी एकता वचाउनुपर्ने विषयमा भने नेता थापाले आफ्नो मत राख्दै आएका छन् ।

गृहमन्त्री समेत रहेका थापाले सरकार विरोधी तत्व सल्बलाइरहेको बताउँदै उनीहरु सफल हुन नसक्ने स्पष्ट पारे । राजावादीहरु एवं प्रतिगामीहरुको सरकार र व्यवस्थालाई नै उल्ट्याउने सपना पुरा नहुने उनले बताए । थापाले पछिल्ला दिनमा शान्ति सुरक्षामाथि गम्भीर चुनौती समेत देखिन थालेको भन्दै हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन सरकार कडाईका साथ प्रस्तुत हुने चेतावनी दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १२ : ५७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा