१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन खुला



काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री निष्काशनमा ल्याएको छ। कम्पनीले आज सोमबारदेखि  जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री निष्काशनमा ल्याएको हो।

आइपीओमा ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई  अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई छुट्टाइएको छ भने बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : २० बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१