९ पुस २०८२, बुधबार | December 24, 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रिठेपानी डाँडा कटान सुरु



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु भएको छ ।

विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) शुरु गरेको हो । वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोही अनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नुपर्ने देखिएको छ ।

विमानस्थलको अनुरोधमा ६ सय वटा रुख हटाउनको लागि नम्बरिङ गर्ने काम भइसकेको छ । तर वन सम्बन्धी कार्यविधि अनुसार विामानस्थलले १ रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनुपर्ने व्यवस्था छ । सोही अनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ती गरी उपलब्ध गराएपछि डाँडा कटान शुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताए ।

ठुला विकासका आयोजनाका नाम वन विनासलाई नियन्त्रण नगर्दा वन मासिदै गएको वन संरक्षणकर्मी राजु आर्चायले बताए ।  आयोजना निर्माण हुँदा एक रुख बराबर २५ विरुवा हुर्काएपछि मात्र्र वन कटान शुरु गरिनुपर्ने बताए ।

विकासको नाममा कुनै पनि आयोजनाले एक वटा रुख विनास गरेवापत २५ वटा रुख हुर्काउनुपर्ने हुन्छ । तर विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दा समेत जग्गा प्राप्ती गरी विरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिडेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  २ : ४४ बजे

उज्यालो नेपाल पार्टीले पुसभित्र कुलमान घिसिङको उपस्थितिमा रुपन्देहीमा विशेष कार्यक्रम गर्ने

बुटवल । उज्यालो नेपाल पार्टी रुपन्देहीले पुस महिनाभित्र ऊर्जा क्षेत्रका

छ वटा राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु

बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको

पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा जाने नेपाली टोलीलाई तिलोत्तमा नगरद्वारा राष्ट्रिय झण्डा प्रदान

रुपन्देही । भारतको पुनेमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं । प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका