६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना महामारीको दोस्रो लहर आउन सक्ने



काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक््रयाइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक््रयाइँ नगर्न विज्ञहरूको आग्रह छ ।

यद्यपि, संक्रमण जोखिमका बीच दैनिक रूपमा सभा, प्रदर्शन, आन्दोलन र जमघट गर्न थालिएको छ । अहिले अधिकांश नागरिकले कोरोनालाई ख्यालठट्टा मान्दै आएका छन् ।

सरकारले कोरोना परीक्षणको दायरा घटाउँदा संक्रमितको संख्या दैनिक रूपमा कम देखिन थालेको छ । जोखिम हुँदा हुँदै पनि सवारीसाधनमा यात्रुको चाँप बढ्दो छ । विभिन्न राजनीतिक दल र पेसागत समूहहरूले दैनिक भौतिक उपस्थितिसहितको कार्यक्रम गर्न थालेका छन् । यस्तै भौतिक उपस्थितिसहित जिल्ला जिल्लामा विद्यालयसमेत सञ्चालन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने बताए । उनले भने, ‘कोरोनाबाट जोगिन भौतिक दूरी कायम गरौं । मास्कको समुचित प्रयोग गरौं । भीडभाडमा नजाऔं ।’
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भीडभाडले जोखिम निम्त्याउने बताए । उनले भने, ‘भीडभाडले जोखिम निम्त्याउने र संक्रमणको सम्भावनालाई बढाइदिएको देखिन्छ । यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने हो । कोरोना भाइरस सर्न भीडभाड र जमघट सहज माध्यम बन्न सक्छ । जमघटमा संक्रमित भएको रहेछ भने धेरै व्यक्तिमा संक्रमण फैलिएका उदाहरण प्रशस्त छन् ।’

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले कोरोना महामारीको दोस्रो लहर रोकथामका लागि सचेत हुनुपर्ने बताए । उनले भने, ‘कोरोना जोखिम अझै कायम रहेकाले जमघट गर्नुहुँदैन । त्यसको अनुगमन तथा निगरानी गर्न जरुरी छ । भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना रहन्छ ।’ उनले जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले कोरोना जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्ड २०७७ जारी गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । मापदण्डमा सबै किसिमका जमघट र भेलामा कम्तीमा दुई मिटरको दूरी कायम गर्ने उल्लेख छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ०१ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा