२९ भदौ २०८३, सोमबार | September 14, 2026

सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ गुप्र अफ हस्पिटयालिटीमा विशेष छुट



काठमाडौं । सनराइज बैंकले सिद्धार्थ गुप्र अफ हस्पिटयालिटीसँग विशेष सम्झौता गरेको छ । बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसंग सम्झौता गरेको हो । यसैक्रममा बैंक तथा सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटी बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेबरेज  जस्ता सुबिधाको भुक्तानी गर्दा सन्राइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

उक्त सम्झौता पश्चात सिद्धार्थ गुप्र अन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यका बाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोड लगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकहरुले छुटको लाभ लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

यस्तै बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १२ : ३६ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको