१६ श्रावण २०८३, शनिबार | August 1, 2026

उखुको पैसा भुक्तानी नदिने उद्योगीलाई सरकारले पक्राउ गरि कारवाही गर्ने



काठमाडौँ । बिभिन्न बहाना बनाउँदै उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई सरकारले अव प्रहरी लगाएर पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवाला मन्त्री सहितको बैठकले पैसा नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी समेतको उपस्थितीमा बैठक बसेको थियो। बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एकजना एआइजीलाई पनि सहभागी बनाईएको थियो।

उखु ब्यवसायी र चिनी उद्योगीहरुले पटक पटक भाका दिने तर भुक्तानी नदिने गरेपछि उखु किसानहरू तेस्रो पटक न्याय माग्दै काठमाडौं पुगेका छन् । कतिपय उद्योगीहरुले आन्दोलनमा उत्रिएकाहरु उखु किसान नै नभएको भन्दै सरकारलाई भुक्तानी दिलाउा कडाई गर्न आवश्यक नभएको लबिङ समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : २५ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा