४ चैत्र २०८२, बुधबार | March 18, 2026

‘विवादित’ अध्यादेशका आधारमा बालुवाटारमा संवैधानिक परिषद बैठक जारी



काठमाडौं । मन्त्रिपरिषदमा छलफल समेत नगरि राष्ट्रपतिबाट जारी गराईएको संवैधानिक परिषद ( काम, कर्तब्य तथा अधिकार) सम्बन्धि अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ ।

उपस्थित संख्याको बहुमतबाट निर्णय गर्न सकिने, सदस्यहरुलाई एजेण्डा समेत वितरण गर्न नपार्ने जस्ता विषयहरु राखेर जारी गरिएको अध्यादेशको कार्यविधिका आधारमा बसेको हो ।

साँझ बसेको बैठकमा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा मात्र उपस्थित छन्  । नयाँ अध्यादेशअनुसार अध्यक्षसहित ३ जनामात्र सदस्य रहेका छन् ।

आजै बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो। गत आइतबारको बैठकमा पनि सभामुख सापकोटा र बिपक्षीदलका नेता शेरबहादुर देउवा अनुपस्थित भएर पछि स्थगित भएको थियो ।

बिहान मन्त्रिपरिषद बैठक डाकेर प्रधानमन्त्री अध्यादेश फ्याउँदै केपी शर्मा ओलीले आजै साँझ ५ बजेका लागि बैठक डाकेका थिए।

आज बिहान सभामुख उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए।

तर दिउँसो प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम गर्ने गरी अध्यादेश ल्याएपछि देउवा समेत बैठकमा अनुपस्थित भएका हुन् ।

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ०८ बजे

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत