७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र समन्वयको अभावमा बैठकमा अनुपस्थित : सभामुख सापकोटा



काठमाडौं । संवैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएको सम्बन्धमा सभामुखको सचिवालयले स्पष्टिकरण दिएको छ ।

सचिवालयले एक विज्ञप्ति प्रकाशित गर्दै बैठकका विषयमा संवैधानिक परिषदको बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वयको अभावका कारण बैठकमा उपस्थित हुन असमर्थ भएको स्पष्ट पारेको छ ।

राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्दै प्रधानमन्त्रीलाई जानकारी गराउँदा समेत पूर्व तयारी, गृहकार्य, आपसि परामर्श र समन्वय नभएको विज्ञप्तिमा उल्लेख छ ।

सभामुखको सचिवालयका प्रेस विज्ञ श्रीधर न्यौपानेको हस्ताक्षर रहेको विज्ञप्तिमा आईतबारको बैठकमा भने बैठक पूर्व संसद सचिवालयको नियमित कार्यक्रम रहेका कारण उपस्थित हुन नसकेको उल्लेख गरिएको छ ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८ : ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने सभामुखको मान्यता रहेको विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई स्मरण गर्न समेत आग्रह गरिएको छ ।

राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्ने विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११