५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कम्युनिस्ट पार्टी पुनर्गठन गरेर जाने विषयमा छलफल भइरहेको छ : अग्नी सापकोटा



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आगामी २०८४ को निर्वाचनमा गुणात्मक सफलता हासिल गर्न कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । नेकपा स्थानीय तह विभागले आयोजना गरेको ‘स्थानीय तह जनप्रतिनिधि राष्ट्रिय प्रशिक्षण भेला’पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सापकोटाले कम्युनिस्ट पार्टी पुनर्गठन गरेर जाने विषयमा छलफल भइरहेको बताएका हुन् ।

२०८४ सालको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर भेला आयोजना गरिएको जनाउँदै उनले भेलामा आगामी स्थानीय तहको निर्वाचनबारे छलफल भएको बताए। ‘आगामी २०८४ को निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने उद्देश्यले जनप्रतिनिधिहरूलाई प्रशिक्षित गरिएको हो,’ उनले भने, ‘अहिलेको प्रविधिको युगमा विचार र विधिसँगै प्रविधिलाई जोडेर लैजानु अनिवार्य छ।’

पहिला आफ्नै पार्टीलाई एकताबद्ध बनाउने र त्यस लगत्तै त्यसपछि संयुक्त मोर्चा बनाएर वा कम्युनिस्ट पार्टीको पुनर्गठनमार्फत निर्वाचनमा जाने विषयमा छलफल भइरहेको नेता सापकोटाको भनाई छ ।

त्यस्तै, गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने र कार्यक्रममा सहभागी नहुने भन्ने बजारमा आएको चर्चाका विषयमा टिप्पणी गर्दै नेता सापकोटाले यसलाई ‘अस्वाभाविक’ कदम भएको बताए । यस्तो कार्यले गणतन्त्र पक्षधर जनताको भावनामा चोट पुग्ने उनको भनाइ छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ६ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं