१५ असार २०८३, सोमबार | June 29, 2026

संवैधानिक परिषद् बैठकपछि राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

संवैधानिक परिषदमा ३ सदस्यीय सदस्यको उपस्थितिमा बैठक र बहुमतका आधारमा निर्णय गर्नसक्ने प्रावधान राख्दै साँझ बैठक राखेका प्रधानमन्त्री अहिले राष्ट्रपति भेट्न शितल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीकै इच्छामा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मंगलबार दिउँसो जारी गरेकी थिइन ।

संवैधानिक परिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।

करिब २ घण्टा बसेको बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिबारे छलफल भएको थियो ।

परिषद्का सदस्य तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने, ‘आजको संवैधानिक परिषद्को बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा नियुक्तिबारे छलफल भएको छ ।’

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : ५४ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा