२ पुस २०८२, बुधबार | December 17, 2025

संवैधानिक परिषद बैठक : ठोस निर्णय भएन



काठमाडौँ । अध्यादेशमार्फत आफ्नो अनुकल कानुनी ब्यवस्था गरेर बसेको संवैधानिक परिषद बैठक कुनै निर्णय नगरी स्थगित भएको छ ।

विभिन्न संवैधानिक निकायमा रिक्त रहेका ४५ पदहरुमा नियुक्तिका लागि सिफारिस गर्न मंगलबार साँझ बसेको परिषदको बैठकले सिफारिससम्बन्धी कुनै पनि निर्णय नगरेको हो ।

मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई समेत सुईंको नदिई राष्ट्रपतिबाट एकाएक जारी गराइएको अध्यादेशका आधारमा बसेको परिषद बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा तथा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थिति भएका थिए ।

बैठकमा रिक्त पदबारे नियुक्ति गर्ने व्यक्तिहरूबारे छलफल भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।

आइतबार गणपुरक संख्या नपुगेर स्थगित गरिएको बैठकको मंगलबार बिहान बसेको बैठकमा पनि नपुगेपछि प्रधानमन्त्री ओलीले पार्टी, संसदीयदल, मन्त्रिपरिषद कसैसँग सल्लाह नगरी राष्ट्रपतिबाट अध्यादेश जारी गराएका थिए ।

प्रधानमन्त्रीको एकल सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्को बैठक सम्बन्धी कार्यविधि संशोधनका अध्यादेश जारी गरेकी थिइन्।

अध्यादेशले गणपुरक संख्या र निर्णय प्रक्रियाबारेको व्यवस्था परिमार्जन गरेको थियो। परिमार्जित ब्यवस्था अनुसार मंगलबार साँझ परिषदको बैठक बसेको थियो ।

मंगलबार साँझ सभामुख अग्नी सापकोटाले पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र समन्वयको अभावमा बैठकमा अनुपस्थित भएको बताएका थिए भने विपक्षी दलका नेता शेरबहादुर देउवाले पनि अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले सर्बसत्ताबाद लाड्न खजेको भन्दै बैठकमा उपस्थित नहुने जनाउ दिएका थिए ।

सरकारले सबैको बिश्वास जितेर परिषदको बैठक बसाल्न नसक्दा अख्तियारसहित ४५ संवैधानिक निकायहरु रिक्त रहेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ०६ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि