४ चैत्र २०८२, बुधबार | March 18, 2026

९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला



काठमाडौं । कोरोना महामारीका कारण नौ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर आज देखि खुलेको छ । मन्दिरको ढोका खुलेसँगै बिहानैदेखि पशुपति क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ ।

मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमासहित विशेष पूजा गरेकी थिइन् । त्यस अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलन समेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलन कुमार थापाले जानकारी दिए ।

आजदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्थापन गरीएको छ । मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने थापाले बताए । विभिन्न संस्थाले लामो समयदेखि पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०९ बजे

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन