१ जेष्ठ २०८३, शुक्रबार | May 16, 2026

पीसीआर परीक्षणमा कालोबजारी गरेको आरोपमा दुई अस्पताललाइ कारवाही



चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ ।

नेपाल सरकारले पीसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो ।

प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो । सरकारी क्यान्सर अस्पताललाई सरकारले नै तोकेको शुल्कभन्दा बढी शुल्क लिएको आरोपमा कारवाही गर्नुलाई दुर्लभ घटनाका रूपमा लिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशसँगै गौतम रु आठ लाख धरौटी राखेर तारेखमा रिहा भएको शर्माले जानकारी दिए ।

गौतमले निजी रकम जम्मा गरेर रिहा भएको अस्पतालले जनाएको छ । धरौटीका लागि सञ्चालक समितिको निर्णयबिना अस्पतालको रकम निकासा गर्न नमिल्ने भएपछि गौतमले निजी रकमको व्यवस्था गरेको जनाइएको छ ।

प्रशासनले दुई साताअघि चितवन मेडिकल कलेजका सञ्चालकहरुसँग बयान लिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले उनीहरू १८ लाख धरौटी राखेर तारेखमा रिहा भएको जानकारी दिए ।

यी दुई अस्पतालले सरकारले तोकेकोभन्दा रु ५०० बढी शुल्क लिएर कोभिड-१९ को पीसीआर परीक्षण गराइरहेको गुनासो प्रशासन कार्यालयमा दर्ता भएपछि अनुसन्धान शुरु गरिएको शर्माले बताए ।

उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारबाही शुरू गरिएको थियो । बयानका क्रममा दुवै अस्पतालका सञ्चालकहरुले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षको लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो । रासस

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : २७ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ