१६ बैशाख २०८१, आइतबार | April 28, 2024

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति



इलाम । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् ।

पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ । दूध बिक्न छाडेपछि विशेषगरी व्यावसायिकरूपमा गाईपालनमा लागेका किसानलाई समस्या भएको छ ।

एकातिर किसानले उत्पादन गरेको दूध खेर गइरहेको छ भने अर्कातिर पारिवारिक खर्च टार्न धौधौ भएको छ । दूध बेचेरै परिवार चलाउने किसानलाई अब गुजारा गर्न गाह्रो भएको छ ।

“दुई वटा गाईको झण्डै पन्ध्र लिटर दूध बेच्थेँ । अहिले दूध नबिक्दा समस्या भएको छ”, सन्दकपुर गाउँपालिकाका किसान बालकृष्ण खनालले भने । खनालको मुख्य आर्थिक स्रोत नै दूध थियो तर दूधै नबिक्दा समेत समस्या हुने उनको भनाइ छ ।

विराटनगर आयोजनाले दैनिक सरदर ३० हजार लिटर दूध खरिद गर्छ । त्यसको ७५ प्रतिशतभन्दा बढी इलामबाट आपूर्ति हुने गरेको छ । आयोजनाले रसायनको अभाव देखाएर दूध खरिद नगर्दा इलामको किसानले मात्रै दैनिक रु १३ लाखभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष हेमराज कट्टेल बताउँछन् ।

पूर्वको धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीबाट पनि आयोजनाले दूध खरिद गर्दै आएको छ । एक हप्तादेखि आयोजना बन्द गरिएकाले पूर्वका किसानले रु एक करोडभन्दा बढी नोक्सानी खेप्नुपरिरहेको छ । आयोजना कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ ।

आयोजनाले यसपटक रसायन अभाव देखाएर दूध खरिद नगरे पनि यसअघि पनि विभिन्न वहानामा अघोषित ‘मिल्क होलिडे’ गर्दै आएको सङ्घका अध्यक्ष कट्टेलले बताउए । दूध बिक्री नभएपछि पोखाउनुको विकल्प नरहेको उनले बताए ।

आयोजनाले भने भारतबाट ल्याउनु पर्ने रसायन भन्सारमै अड्किएकाले पाउडर बनाउन नसकिनाले दूध खरिद नगरेको जनाएको छ । आपूर्तिकर्ताले भन्सारमै रसायन अड्किएको भनेर नल्यादिएकाले दूध प्रशोधन गर्न नसकिएको विराटनगर दूग्ध वितरण आयोजनाका सहायक प्रबन्धक महेन्द्र रायले बताए । रासस

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ०९ बजे

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

यस्तो छ लगानी सम्मेलनको कार्यतालिका

काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई