१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कोदोको खिर खुवाएर सन्तोष साह पुगे ‘बीबीसी मास्टर सेफ’को अन्तिम चारमा



काठमाडौं । कोदोको खिर बनाउँदै नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुगेका छन् ।

मंगलबार राति फाइनल चरणको पहिलो समूहबाट उनी शीर्ष चारमा पुगेका हुन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष चारमा पुगेका हुन् ।

अन्तिम चारमा पुग्नका लागि उनले डिजर्टको रुपमा कोदोको खिर बनाएर निर्णयकसामु पस्किएका थिए । सँगै उनले यो प्रतिस्पर्धाबाट छनोट हुनका लागि आँपको कुल्फी र अमौरा बनाए ।

यो प्रतिस्पर्धाको हरेक चरणमा नेपाली खाना पस्किँदै आएका उनी यही प्रतिस्पर्धामा सहभागी भएपछि नेपालभित्रसमेत चर्चित बनेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : १४ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न