४ चैत्र २०८२, बुधबार | March 18, 2026

हुम्लाका २२ मासु पसलको अनुगमन



सिमकोट । सिमकोट गाउँपालिका पशु सेवा शाखाद्वारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसल र एक एग्रोभेटको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा एक मासु पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको र सात दिनभित्र दर्ता गर्न म्याद दिएको, यदि यो समयावधिमा दर्ता नभएको खण्डमा पसल बन्द गर्ने निर्णय भएको सिमकोट गाउँपालिका पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक विष्णु बुमीले जानकारी दिए ।

दुई मासु पसलमा बिग्रिएको मासु भेटिएकाले उनीहरुलाई एकपटक सुध्रिने मौका दिएको र बिग्रिएको मासु बरामद गरी नष्ट गरिएको छ । यस्तै तीन नवीकरण नभएको, चार साइनबोर्ड नभएको र सात मासु पसलमा मूल्यसूची नभएको पाइएको पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक बुमीले जानकारी दिए ।

यी मासु पसल सञ्चालकलाई एक हप्ताभित्र सम्पूर्ण कागजात जुटाएर पसल सञ्चालन गर्न निर्देशन दिइएको छ । सिमकोटमा सञ्चालित एक मात्र एग्रोभेट अनुगमनका क्रममा राम्रो रहेको छ । अधिकांश मासु पसल अत्यन्तै फोहर र बासी कुहिएको मासु बिक्री तथा बधस्थल अधिकांश फोहर रहेको गुनासो आउन थालेपछि अनुगमन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

अनुगमनमा सम्बन्धित मासु पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन सफा हुनुका साथै मास्कको प्रयोग गर्न, मासु झिङ्गाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडावर्तन सफा राख्न, मूल्यसूची राख्न र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको सिमकोट गाउँपालिका पशु सेवा शाखाका संयोजक महेन्द्रबहादुर शाहीले बताए । ‘स्वच्छ मासु खाऔँ, स्वस्थ बनौँ’ भन्ने गाउँपालिकाको नारा रहेको संयोजक शाहीले बताए ।

नेपालगञ्ज र सुर्खेतबाट आउने मासु जाँचका लागि भोलिदेखि सिमकोट विमानस्थलमा पशु सेवा शाखामा कार्यरत नायब पशु स्वास्थ्य प्राविधिक बुमी विमानस्थलमा बस्ने जानकारी पनि सो अवसरमा दिए । रासस

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ४५ बजे

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास