२९ भदौ २०८३, सोमबार | September 14, 2026

क्लाउड कम्पुटिङ्गमा लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बीच सहकार्य



काठमाडौ । क्लाउड कम्पुटिङ्गमा लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बीच सहकार्य हुने भएको छ । रोजगारीको संभावना रहेको क्षेत्र  ( क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागि लर्ड बुद्ध एजुकेसन फाउण्डेसन  (LBEF) क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमसगं (GCA) सहकार्य गर्ने भएको हो । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो मागँ रहेको छ ।

यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३% ले रोजगार वृद्धी भएको देखिन्छ ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी (APU),  मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको (B.Sc.IT) र (B.B.M.) विषयमा अध्यापन गराउदैं आएको छ ।

संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जालानले भने “यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कमगर्ने विश्वाश लिएका छौं ।

उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुकोलागी पुर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृती छनौट समितिले गर्नेछ ।

उक्त कार्यक्रममा जेनेज क्लाउड एकेडेमीका सीईओ श्री अंजनी फुयालले सूचना प्रविधि उद्योग र शैक्षिक क्षेत्र बीच सहकार्यको महत्वमा जोड दिए । उनले भने आजको यस डिजिटल युगमा क्लाउड कम्प्युटिङ्ग सबै उद्योग हरु को लागी मेरुदण्ड साबित भएको छ ।

यसले सूचना प्रविधिमा भविष्य देखिरहेका विद्यार्थीहरूको लागि विश्वव्यापी रोजगारीको सृजना गरेको छ । उक्त अवसरको लागि विद्यार्थीहरुले यस क्षेत्रसँग सम्बन्धित ज्ञानको दक्षता हासिल गर्न तयार रहनु पर्नेछ । उनका अनुसार आज लर्ड बुद्ध एडुकेसन फाउनडेसन र जेनेज क्लाउड एकेडेमी बीच भइरहेको यस साझेदारीले शैक्षिक क्षेत्र तथा सूचना प्रविधि उद्योग बीचको दुरीलाई कम गर्न कोशेढुंगा सावित हुनेछ ।

उक्त कार्यक्रममा कम्प्युटर एसोसिएशन अफ नेपाल (क्यान) का निवर्तमान अध्यक्ष र विश्व सूचना प्रविधि र सेवा गठबन्धन कार्यकारी सदस्य श्री हेमन्त चौरसियाको समेत उपस्थिति रहेको थियो ।
उनले आईटी शिक्षालाई समृद्ध बनाउन शैक्षिक संस्थालाई सहयोग गर्न कम्प्युटर एसोसिएशन अफ नेपाल सदैव तत्पर रहने प्रतिबद्धता व्यक्तु गरे ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : १६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ