७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्थायी कमिटी बैठक अघि ओली-प्रचण्ड भेट



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नु अघि पाटीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमै भेटवार्ता भएको छ ।

नेकपाभित्र दुई अध्यक्षबीच गम्भीर अन्तरसंघर्षच चलिरहेको छ । स्थायी कमिटी बैठक बस्नु एक दिन अघि प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वसँग सामान्य परामर्श समेत नगरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि विवादले आगोमा घ्यू थपेको छ ।

विवादकै बीच बस्न लागेको बैठक अघि दुई अध्यक्षबीच भेट भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटबारे जानकारी गराएका छन् । भेटवार्ता अघि प्रधानमन्त्री ओलीले मिलेर जाने प्रस्ताव सहित अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेको खुमलटार श्रोतले बताएको छ । खुमलटार श्रोतका अनुसार टेलिफोन वार्तामा सबै बिषयमा छलफल गर्न तयार रहेको भन्दै दुई अध्यक्ष मिलेर जान प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डले वार्ता गर्न आफु तयार रहेको भन्दै सबै बिषयमा स्थायी समिति बैठकमा छलफल गर्न उपयुक्त हुने जवाफ दिएको श्रोतले भन्यो । भेटवार्ता लगतै स्थायी कमिटी बैठक बस्नेछ ।

ओली इतर बहमुतमा रहेको असन्तुष्ट समुहले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई खारेजीको एजेण्डा बनाउने बताइसकेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल एवं झलनाथ खनाल लगायतका नेताहरुले पनि अध्यादेश बदनियतपूर्ण भएको भन्दै तत्काल फिर्ता लिन माग गरिसकेका छन् ।

गत मंसिर २१ गतेबाट सुरु भएको बैठक गत मंसिर २८ गते पार्टी केन्द्रीय कमिटी सदस्य कमानसिंह लामाको मृत्युपछि शोक व्यक्त गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।

नेकपाभित्र पछिल्लो केही महिनायता देखिएको विवादको निरुपण स्थायी कमिटी र पुष ५ गते बस्ने केन्द्रीय कमिटीबाट हुनुपर्ने माग धेरै नेताहरुको रहेको छ । यद्यपी, प्रधानमन्त्री एवं अध्यक्ष ओली र उनी निकट नेताहरुले भने शिर्ष नेतृत्वबीच सहमतिका आधारमा मात्रै हुनुपर्ने जिकिर गर्दैआएको छ ।

 

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : २३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई