२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित



काठमाडौं । नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठक बस्नु अघि पाटीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमै भेटवार्ता भएको थियो । तर बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएको एक स्थायी कमिटी सदस्यले बताए ।

नेकपाभित्र दुई अध्यक्षबीच गम्भीर अन्तरसंघर्षच चलिरहेको छ । स्थायी कमिटी बैठक बस्नु एक दिन अघि प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वसँग सामान्य परामर्श समेत नगरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि विवादले आगोमा घ्यू थपेको छ ।

बैठक अघि दुई अध्यक्षबीच भेट भएको छ।

गत मंसिर २१ गतेबाट सुरु भएको बैठक गत मंसिर २८ गते पार्टी केन्द्रीय कमिटी सदस्य कमानसिंह लामाको मृत्युपछि शोक व्यक्त गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।

नेकपाभित्र पछिल्लो केही महिनायता देखिएको विवादको निरुपण स्थायी कमिटी र पुष ५ गते बस्ने केन्द्रीय कमिटीबाट हुनुपर्ने माग धेरै नेताहरुको रहेको छ । यद्यपी, प्रधानमन्त्री एवं अध्यक्ष ओली र उनी निकट नेताहरुले भने शिर्ष नेतृत्वबीच सहमतिका आधारमा मात्रै हुनुपर्ने जिकिर गर्दैआएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १ : ५० बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र