२ असार २०८३, मंगलबार | June 16, 2026

इसेवा र भाइबरबीच वित्तीय सेवा प्रदानको साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने



काठमाडौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।

यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् । यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ । यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

भाइबरबाटै कारोबार गर्न सकिने सुविधा दिएको विषयमा इसेवाका सिओओ रोशन लामिछानेले भने‘ विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्दैछौँ । यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभुति त दिलाउनेछ नै नेपालको डिजिटल कारोबारलाई अगाडी बढाउन ठुलो भूमिका खेल्छ भन्ने विश्वास लिएका छौँ’ ।

यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले भने‘ हामीले सधै भाइबर प्रयोगकर्तालाई अधिकतम लाभ हुने कुराको कल्पना गरेका छौँ । हाम्रा प्रयोगकर्ताले आफ्नो वित्तीय कारोबार र रकम आदान प्रदानलाई सकेसम्म सुरक्षित र सुविधाजनक बनाउनका लागि प्लेटफर्म निर्माण गरेका छौँ । यस कार्यमा हामी नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायकसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ ’।

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम रु सय सम्म क्यास ब्याक पाइनेछ । यस्तै रु ५० ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन् ।

नेपालमा हालसम्म म्यासेन्जिङ एपको प्रयोग सन्देशहरू पठाउन/प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्क गर्नमात्र प्रयोग भइरहेकोमा प्रयोगकर्ताले अतिरिक्तसुविधा प्राप्त गर्न राखेको चाहनालाई मध्यनजर गर्दै रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा दिइएको हो ।

प्रयोगकर्ताको सुरक्षा, सुरक्षित कारोबार तथा अनधिकृत लेनदेन हुन नदिनका लागि भाइबर र इसेवा दुबै कम्पनीले आवश्यक सुरक्षा मापदण्ड तय गरेका छन् ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ०६ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज

सशस्त्रले रोकेको ‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी