१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो ।

नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग खेल्ने एकदिवसीय सिरिजको खेल तालिकाका आईसीसीले सार्वजनिक गरेको छ । मार्च १९ देखि २८ सम्म ओमानले आयोजना गर्नेछ ।

आइसिसीले मंगलबार कोरोना भाइरसका कारण रोकिएका प्रतियोगिताको नयाँ तालिका सार्वजनिक गरेसँगै नेपालको खेल तय भएको हो ।

यही सिरिजमार्फत नेपाल लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनेछ । नेपालले सन् २०२० को सुरुमा थाइल्याण्डमा भएको एसिसी टी-२० कप खेलेयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

प्रतियोगितामा १० खेल खेलेको ओमान १६ अंकसहित शीर्ष स्थानमा रहँदा ४ खेल खेलेको नेपाल २-२ जित र हारको नतिजा सहित ४ अंकको साथ सातौं स्थानमा छ ।

यो प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपमा सिधै स्थान बनाउने छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : १४ बजे

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी

निर्वाचन आउन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च