२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो ।

नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग खेल्ने एकदिवसीय सिरिजको खेल तालिकाका आईसीसीले सार्वजनिक गरेको छ । मार्च १९ देखि २८ सम्म ओमानले आयोजना गर्नेछ ।

आइसिसीले मंगलबार कोरोना भाइरसका कारण रोकिएका प्रतियोगिताको नयाँ तालिका सार्वजनिक गरेसँगै नेपालको खेल तय भएको हो ।

यही सिरिजमार्फत नेपाल लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनेछ । नेपालले सन् २०२० को सुरुमा थाइल्याण्डमा भएको एसिसी टी-२० कप खेलेयता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

प्रतियोगितामा १० खेल खेलेको ओमान १६ अंकसहित शीर्ष स्थानमा रहँदा ४ खेल खेलेको नेपाल २-२ जित र हारको नतिजा सहित ४ अंकको साथ सातौं स्थानमा छ ।

यो प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपमा सिधै स्थान बनाउने छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : १४ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय