२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सुर्खेतमा साढे दुई किलो अफिमसहित एक जना पक्राउ



सुर्खेत । साढे दुई किलो अफिमसहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । लागु औषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रुकुमपश्चिम सानीभेरी नगरपालिका-३ गरेला का ५३ वर्षीया गोरख कुसारीलाइ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो सात सय ग्राम अफिमसहित पक्राउ गरेको थियो ।

लागु औषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले कुसारीलाई मंगलबार दिउँसो पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘विशेष सुराकीको आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो ।’ सहप्रवक्ता श्रेष्ठले भने, ‘खानतलासी गर्दा दुई किलो सात सय ग्राम लागु औषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिईएको हो ।’

नियन्त्रण लिइएका कुसारीमाथि अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ४६ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका