१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सुर्खेतमा साढे दुई किलो अफिमसहित एक जना पक्राउ



सुर्खेत । साढे दुई किलो अफिमसहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । लागु औषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

रुकुमपश्चिम सानीभेरी नगरपालिका-३ गरेला का ५३ वर्षीया गोरख कुसारीलाइ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो सात सय ग्राम अफिमसहित पक्राउ गरेको थियो ।

लागु औषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले कुसारीलाई मंगलबार दिउँसो पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘विशेष सुराकीको आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो ।’ सहप्रवक्ता श्रेष्ठले भने, ‘खानतलासी गर्दा दुई किलो सात सय ग्राम लागु औषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिईएको हो ।’

नियन्त्रण लिइएका कुसारीमाथि अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ४६ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी