२४ बैशाख २०८१, सोमबार | May 7, 2024

नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउने प्रयासमा नेपाली सेना



रुपन्देही । कुनै समय थियो नेपाली सेना भन्ने वित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्ध र जनआन्दोलन ताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन् ।

सेनाको व्यवहार पनि जनमैत्री थिएन । सशस्त्र द्धन्द्धकाक्रममा भएका घटनाका कारण सेनाप्रतिको नागरिकको दृष्टिकोण सकारात्मक थिएन । नागरिकहरु सेनाको नजिक पर्न चाहादैनथेँ तर अहिले समय फेरिएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाली सेनाको व्यवहार पनि परिवर्तन भएको छ । नेपालको संविधानको धारा २६७ ले निर्दिष्ट गरे बमोजिम नेपाली सेनाको पहिलो कार्य भनेको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु हो तर सेनाले यसका अलावा नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउन सामाजिक क्षेत्रका काममा पनि सक्रियता बढाएको छ ।
गौरबका आयोजना निर्माण, ऐतिहासिक गढीको संरक्षण, बाढि, पहिरो लगायत विभिन्न विपद व्यवस्थापनमा नेपाली सेना खटिँदै आएको छ ।

सेवाको भावना लिएर नागरिकसँग जोडिनका लागि सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउछन, नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति, उपरथी सञ्जय थापा । “मुलुकमा शान्ती कायम गर्नु हाम्रो कर्तव्य हो तर सेनाले यसका अलावा नागरिकको जीवनस्तरसँग जोडिएका सामाजिक कामलाई प्रभावकारी ढंगले पूरा गर्न दृढ भएर लागेको छ”, उपरथी थापा भन्छन । पछिल्लो समय कोरोना भाइरस संक्रमणको नियन्त्रण र मृतकको शव व्यवस्थापनमा पनि सेनाले सक्रिय भूमिका निर्वाह गरेको उपरथी थापाको भनाइ छ ।
नेपाली सेनाको मध्य पश्चिम पृतनाले रुपन्देहीको मर्चवारी गाउँपालिकामा व्यवस्थित हाट बजारको निर्माण गरेको छ भने सल्यानको दार्मा गाउँपालिकामा प्रसुति गृहको निर्माण गरेको छ । रुपन्देहीकै विकट मानीने मर्चवारी क्षेत्रमा व्यवस्थित हाट बजार निर्माणपछि त्यहाँका स्थानीय खुशी भएका छन् । सेनाले विभिन्न जिल्लाका ऐतिहासिक गढी, किल्ला र पदमार्गको संरक्षण र सम्वद्र्धनको काम गर्दै आएको छ । जसअन्तर्गत पाल्पा दरबार संग्रहालयमा सेनासँग सम्बन्धित सामग्री राखिएको छ भने बुटवलको जितगढी किल्लाको स्तरोन्नतीका लागी आवश्यक प्रकृया शुरु भएको छ ।

संरक्षण र सम्वद्र्धनका लागि विभिन्न क्षेत्रको पहिचान गरी प्रकृया अघि बढाइएको मध्य पश्चिम पृतनाले जनाएको छ । जसमा शिवगढी स्तरोन्नती, प्युठानस्थित भित्रिकोट दरबार, पाल्पाको वाकुमगढी, नुवाकोटगढी, माथागढी, र बल्डेङ्गगढी, गुल्मीको गुल्मी दरबार, धुर्कोट, ईस्माकोट, मुसिकोट छन् । कपिलवस्तुको मधुवनधाममा बोटानिकल गार्डेनको निर्माण गरिएको छ भने दाङको छिल्लिकोट मालिका मन्दिर परिसरमा सेडघर तथा शौचालय निर्माणको काम शुरु हुदै छ । प्युठानको स्वर्गद्वारी आश्रम परिसरमा रहेको शान्ति वाटिकामा म्युजिकल फाउन्टेन निर्माण गरेको छ ।

चैत्र ११ गतेदेखि नेपालमा शुरु भएको कोरोना महामारीकोे नियन्त्रण र कोरोनाका सङ्क्रमणका कारण जयान गुमाएकाहरुको शव व्यवस्थापनको जिम्मेवारी सेनाले नै निर्वाह गरेको छ । सेनाको मध्य पश्चिम पृतनाले अहिलेसम्म दुई सय ४१ जनाको शव व्यवस्थापन गरेको छ । जोखिम मोलेर पनि सेनाले गरेको यस कार्यले गर्दा अप्ठ्यारो परिस्थितीमा सेना चाहिने रहेछ भन्ने आम नागरिकले महशुस गरेका छन् ।
नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र बीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ ।

देशमा कुनै अप्ठ्यारो परिस्थिति सृजना भयो भने सेना परिचालन गर्ने संबैधानिक व्यवस्था छ । इतिहासदेखि वर्तमानसम्म नेपालमा सेनाप्रतिको जनताको सद्भाव, आस्था, मान्यता र विश्वास उच्चकोटिको छ । नेपाली सेनाले संवैधानिक सरकारको आदेश र सैनिक ऐनको परिधिलाई कहिल्यै ननाघेका कारण पनि जनताको मन जित्दै गएको देखिन्छ । “हामी संगठनको निर्देशनलाई आत्मसाथ गरेर अगाडि बढ्छौँ, आफ्नो कर्तव्यमा पछि नहटी अनुशासित ढंगले काम गर्छौ”, मध्य पश्चिम पृतना मुख्यालयका जनसम्पर्क अधिकृत ऋचा राज्यलक्ष्मी सिंहले भन्छिन । मध्य पश्चिम पृतना मुख्यालय अन्तर्गत रुपन्देही, कपिलवस्तु, दाङ, रोल्पा लगायतका १३ जिल्ला पर्दछन् ।

शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकोले नै बढी बुझेको हुन्छ । बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । तर, आफै युद्धमा सहभागी भएको व्यक्तिले शान्तिको महत्व अरुको भन्दा बढी बुझेको हुन्छ । यस सन्दर्भमा विवाद रहित ढंगले नेपाली सेना राज्य र नागरिकको सुरक्षामा खटिएको छ, भन्छन एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक शिब गौडेल । “विगतका द्धन्द्धकालमा भएका घटनाका कारण नागरिकले सेनालाई हेर्ने दृष्टिकोण फरक थियो ।

अहिले सेनाले निर्वाह गरेको सामाजिक भूमिकाका कारण सेनाप्रति नागरिकको विश्वास बढ्दो छ”, संयोजक गौडेल भन्छन । जनताको स्वास्थ्य, सुरक्षा र विकासका क्षेत्रमा सेनालाई परिचालन गर्दा छिटो, छरितो र कम खर्चमा आयोजना पूरा हुने गरेकाले सेनाप्रति नागरिकको धारणा सकारात्मक बन्दै गएको उनी बताउछन ।

नेपालीको सँस्कार, परम्परा र सोचाइ जे छ सेना पनि त्यही परिवेशबाट अलग रहन सक्दैन, सैनिक तालिम मात्र फरक हो । नेपाली सेनाको अनुशासन, देशप्रतिको योगदान र सरकार प्रतिको निष्ठा अझै उचो बनाउन नागरिक समाजको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । अबका दिनमा जनता र सेनाबीचको सम्बन्ध अझै सुधार हुन आवश्वक छ ।

विगतका दशकमा नेपालको विभिन्न सरकार र सेना आफैँले पनि यस पक्षमा मनोवैज्ञानिक ढंगले प्रभावकारी पहल गर्न सकेनन् तर अहिले सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएर सेनाले जनतासँगको सम्बन्ध सम्बन्ध प्रगाढ बनाउने प्रयास गरिहेको संयोजक गौडेलको भनाइ छ ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ३४ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,