१ पुस २०८२, मंगलबार | December 17, 2025

सुकुम्बासीको घरमै पुर्जा पुग्छ : देबी ज्ञवाली



नेपालगन्ज । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीको घरमै लालपुर्जा पुग्ने बताएका छन् । खजुरा गाउँपालिकाको आयोजनामा बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दुख नदिने बताए ।

अध्यक्ष ज्ञवालीले अहिले आयोगले फरक विधिबाट काम गर्ने बताउँदै स्थानीय तहसंगको साझेदारीमा आयोगले भूमिहीन, अव्यवस्थित बसोबास गरेकालाई घरमै पुर्जा दिने व्यवस्था मिलाइएको उल्लेख गरे । उनले भूमि सम्बन्धी ऐनको आठौं संसोधनमा कानूनी व्यवस्था भए अनुसार आयोगले नयाँ विधि र प्रक्रियाबाट काम गर्ने जनाउँदै अब पालिकास्तरमा इकाई कार्यालय हुने र स्थानीय तह प्रमुखको संयोजकत्वमा सहजीकरण समिति हुने बताए । पालिका उपप्रमुख सहसंयोजक हुने उक्त समितिमा राष्ट्रिय दलका प्रतिनिधि, कार्यपालिका दलित महिला सदस्य, भूमिहीन संस्थाका प्रतिनिधि सदस्य रहेको समितिले पालिकास्तरमा काम गर्ने आयोगका अध्यक्ष ज्ञवालीले बताए ।

वडास्तरमा समेत सहजीकरण समिति निर्माण भइ सोही समितिले घरमै पुगेर विवरण संकलन गर्ने र पालिकालाई सिफारिस गर्ने पालिकाको वोर्डले जिल्ला र जिल्लाले केन्द्रलाई सिफारिस गरेको १५ दिनभित्र उनीहरुको विवरण जिल्लामा सदर भएर आउने अध्यक्ष ज्ञवालीले बताए । उनले यसरी विवरण आए लगतै नापीले नक्सा र मालपोतले श्रेष्ता कायम गरेपछि फेरी पालिकामार्फत घरमै पुगेर लालपुर्जा वितरण गरिने व्यवस्था मिलाइएको उल्लेख गरे ।

यसरी विवरण संकलनका क्रममा सिफारिस गर्नेले गलत मान्छेलाई सिफारिस गरेको खण्डमा २५ हजार जरिवाना हुने र जग्गा लिने व्यक्तिलाई १ वर्ष कैद, जग्गा लिने व्यक्तिको जग्गा जफत, १ लाख जरिवाना हुने कानूनी व्यवस्था भएको पनि अध्यक्ष ज्ञवालीले बताए ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो । अध्यक्ष ज्ञवालीले खजुरा गाउँपालिकामा स्थापना भएको भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालयको पनि आजै एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : ०८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष