११ भदौ २०८३, बिहिबार | August 27, 2026

मुख किन गन्हाउँछ ? थाहा पाउनुहोस



एजेन्सी । के तपाईंको मुख गन्हाउने समस्या छ ? त्यसो हो भने सचेत बन्नुहोस् । तपाईंलाई कुनै रोग लागेको समेत हुनसक्छ । यदि मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहिरहेको छ भने शरीरमा कुनै न कुनै समस्या भएको पक्का ठान्नोस् ।

मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहेमा तल उल्लेखित रोगहरु लाग्ने प्रबल सम्भावना रहेको हुन्छ ।

कस्ता रोग लागेको हुनसक्छ ?

क्यान्सर : लामो समयसम्म धुमपान गर्ने वा सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । मुखमा धुमपान वा सुर्ति सेवनवाट क्यान्सर भएको खण्डमा श्वास गन्हाउने समस्या पनि देखिन्छ ।

इनडाइजेशन : शरीरको पाचन क्रियाले राम्ररी काम नगर्दा इनजाइजेशन (अपच) हुने गर्छ । यस्तो अवस्थामा खाएको खानेकुराहरु नपचेर ग्याँसको रुपमा बाहिर आउदा श्वास र मुखमा दुर्गन्ध आउने गर्छ ।

लंग्स इन्फेक्सन : फोक्सोमा कुनै किसिमको खराबी भएमा पनि त्यस्ता ब्यक्तिहरुको श्वास गन्हाउने गर्छ ।

लिवर इन्फेक्सन : कलेजोमा आएको खराबीका कारण खाएको खानेकुरा राम्ररी पच्न पाउदैन । अपच भएको खानेकुरा ग्याँसको रुपमा बाहिर आउने हुदाँ श्वास गन्हाउने समस्या देखिन्छ ।

डायबिटीज : डायबिटीज वा मधुमेहका कारण शरीरको मेटाबोलिकमा बेला बेलामा परिवर्तन आइरहन्छ । जसको कारण श्वास गन्हाउने समस्या देखिन्छ ।

किड्नीमा समस्या : किड्नी वा मृगौलामा कुनै किसिमको समस्या देखियो भने त्यसले शरीरको मेटाबोलिकमा परिवर्तन ल्याउने काम गर्छ । यस्तो अवस्थामा मुख सुख्खा बढी हुन्छ र श्वास गन्हाउन थाल्छ ।

गमको समस्या : दाँत र हड्डीमा देखिने पेरिओडेन्टल रोगलाई गमको समस्या भनिन्छ । यो समस्या भएमा पनि श्वास गन्हाउने गर्छ ।

इन्फेक्सन : उचित तरिकाले दाँतको ब्रस नगर्दा मुखमा किटाणुको संख्या अत्याधिक बढ्ने गर्छ । जसको कारण मुखको इन्फेक्सन भएर श्वास गन्हाउने गर्छ ।

गिजाको समस्या : गिजामा पेरियोडेन्टल समस्या हुदाँ श्वास गन्हाउने गर्छ । पेरियोडेन्टलको समस्या मुखमा रहेको ब्याक्टेरियाले निकाल्ने चिल्लो पदार्थको कारण हुने गर्छ ।

सुख्खा मुख : हाम्रो मुखवाट निस्किरहने र्‍यालले हाम्रो मुखको सफाइ पनि गरिरहेको हुन्छ । यदि मुखवाट निस्किने यस्तो र्‍याल (स्लाइव)को मात्रामा कमी भएमा मुखमा समस्या आउन थाल्छ र श्वास गन्हाउने समस्या देखिन्छ । एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ६ : ३७ बजे

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक