८ कार्तिक २०८३, आइतबार | October 25, 2026

बेचबिखनका अपराधमा मधेसी समुदायका व्यक्तिहरु धेरै



काठमाडौं । विगतमा जनजाति समुदायका धेरै व्यक्ति पर्ने गरेको मानव बेचबिखन तथा ओसारपसारको अपराधमा पछिल्लो समय मधेशी समुदायका व्यक्तिहरु धेरै पर्न थालेको देखिएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) को मिडिया विश्लेषणमा २०७६ सालमा सबैभन्दा बढी मधेशी समुदायका व्यक्तिहरु प्रभावित भएको देखिएको हो । एटविनले गत वर्ष नेपालका मूलधारका अखबार तथा म्यागाजिनहरुमा बेचबिखनसम्बन्धी सञ्चार सामग्रीको विश्लेषण गरेको थियो ।

जसअनुसार ४६ प्रतिशत समाचारमा मधेशी समुदायका व्यक्तिहरु त्यस्ता अपराधमा पर्ने गरिएको रिपोर्टिङमा उल्लेख गरिएको थियो ।
पछिल्लो समय सरकारले विमानस्थलबाट भारत हुँदै अन्य देशमा पठाउने क्रियाकलापमा कडाइ गरेपछि आर्य अनुहार भएका व्यक्तिहरुमा मधेसी समुदायलाई गिरोहहरुले निशानामा पार्न थालेको मिडिया विश्लेषण गरेका पत्रकार विजय पौडेलले बताए ।

प्रतिवेदन अनुसार बेचबिखनमा परेकामध्ये २२ प्रतिशत दलित, १७ प्रतिशत ब्राह्मण क्षेत्री, छ प्रतिशत मुस्लिम, तीन प्रतिशत थारु (चौधरी), तीन प्रतिशत गुरुङ, दुई प्रतिशत मगर र एक प्रतिशत तामाङ रहेका छन् । सबैभन्दा बढी अन्तरदेशीय बेचबिखन तथा ओसारपसार ६२ प्रतिशत रहेकोमा २८ प्रतिशत वैदेशिक रोजगारीको नाममा हुने गरेको देखिएको छ ।

त्यस्तै, पछिल्लो समय आन्तरिक बेचबिखन पनि बढ्दै गएको विश्लेषण पौडेलले गरेका छन् । गत वर्ष ११ प्रतिशत रिपोर्टिङ आन्तरिक बेचबिखन तथा ओसारपसारको भएको छ । समाचारहरुका अनुसार ५५ प्रतिशत बेचबिखन तथा ओसारपसार यौन शोषणका लागि भएको एटविनको मिडिया विश्लेषणमा उल्लेख छ ।

त्यस्तै, २६ प्रतिशत भने श्रम शोषणका लागि हुने गरेको देखिएको छ । बेचबिखन तथा ओसारपसारमा पर्नेमध्ये सबैभन्दा धेरै बालबालिका र किशोरकिशोरी रहेका छन् । रिपोर्टिङ गरिएकामध्ये ५२ प्रतिशत १७ वर्षमुनिका बालबालिका छन् ।

त्यस्तै पुरुषको तुलनामा महिलाहरु बेचबिखन तथा ओसारपसारमा पर्ने गरेको देखिएको छ । रिपोर्टिङ गरिएकामध्ये ७७ प्रतिशत महिला बेचबिखनमा परेको विश्लेषणमा उल्लेख छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ७ : १५ बजे

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै