१४ माघ २०७९, शनिबार | January 28, 2023

१३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ



काठमाडौं । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले १३ वर्षीया बालिकालाई भारत लगेर बेच्ने दुईजनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले ललितपुर महानगरपालिकाकी १३ वर्षीया बालिकालाई काम लगाइदिने भन्दै बेचबिखन गर्ने सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ वर्षीय प्रवीन तामाङलाई पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले काममा लगाइदिने भन्दै ललाइफकाई गरी भारत पु¥याएको अवस्थामा जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशबाट बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता थपलियाले पक्राउ परेका मगर र तामाङले २०७६ फागुनमा ती बालिकालाई गोँगबुस्थित नयाँ बसपार्कबाट भैरहवा–सुनौली जाने बसमा चढाएर उत्तरप्रदेश पु¥याएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

पक्राउ परेका दुवैलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारवाही हुने ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : १३ बजे

चितवनमा चेक बाउन्सका उजुरी बढे

चितवन । जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन्

१८ सय मिटर सडक ६८ महिनामा पनि सकिएन

खजुरा । बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते

पोखरा विमान दुर्घटनाका बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना

काठमाडौं । कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार

शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

मुम्बई । बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो