८ चैत्र २०८२, आइतबार | March 22, 2026

बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम शुरु



बैतडी । बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाको काम पुस महिनाभित्रै शुरु हुने भएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका काम अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।

केही दिनभित्रै विस्तृत परियोजना प्रतिवेदन आउने र त्यसपछि भौतिक संरचनाको कामलाई अगाडि बढाइने मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।

उनले भने, ‘प्रतिवेदन आएपछि बोलपत्र गर्ने कि उपभोक्तालाई काम दिने भन्ने टुङ्गो लाग्छ, सबैभन्दा पहिला सडक निर्माण गर्ने, खानेपानीको व्यवस्थापन गर्ने, फिल्ड कटिङको काम हुनेछ ।’ बहुवर्षीय योजना भए पनि औद्योगिक ग्राम स्थापनाका कामलाई अब ढिलाइ नगरिने नगरप्रमुख नायकको भनाइ छ ।

नगरपालिकाको वडा नं १, ३, ५ र ६ सीमाक्षेत्र सिरोडामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो । सङ्घीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि गत वर्ष नै रु ९२ लाख पठाइसकेको छ ।

औद्योगिक ग्रामका लागि उक्त क्षेत्रमा फलाम, चुनढुङ्गा, तामालगायतका खानी रहेका छन् । यीबाहेक, नेपाली कागज बनाउने लोक्ता, बाँस निगालो, केत्तुके, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिठ्ठा, अमलालगायतको बहुमूल्य खानी रहेका छन् ।

मेलौलीमा औद्योगिक ग्राम स्थापना भएपछि स्थानीयस्तरमै रोजगारीको सिर्जना हुने विश्वास गरिएको छ । सरकारले साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको हो । रासस

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : ५७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ