१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम शुरु



बैतडी । बैतडीको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडि बढाइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाको काम पुस महिनाभित्रै शुरु हुने भएको छ ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका काम अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।

केही दिनभित्रै विस्तृत परियोजना प्रतिवेदन आउने र त्यसपछि भौतिक संरचनाको कामलाई अगाडि बढाइने मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।

उनले भने, ‘प्रतिवेदन आएपछि बोलपत्र गर्ने कि उपभोक्तालाई काम दिने भन्ने टुङ्गो लाग्छ, सबैभन्दा पहिला सडक निर्माण गर्ने, खानेपानीको व्यवस्थापन गर्ने, फिल्ड कटिङको काम हुनेछ ।’ बहुवर्षीय योजना भए पनि औद्योगिक ग्राम स्थापनाका कामलाई अब ढिलाइ नगरिने नगरप्रमुख नायकको भनाइ छ ।

नगरपालिकाको वडा नं १, ३, ५ र ६ सीमाक्षेत्र सिरोडामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो । सङ्घीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि गत वर्ष नै रु ९२ लाख पठाइसकेको छ ।

औद्योगिक ग्रामका लागि उक्त क्षेत्रमा फलाम, चुनढुङ्गा, तामालगायतका खानी रहेका छन् । यीबाहेक, नेपाली कागज बनाउने लोक्ता, बाँस निगालो, केत्तुके, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिठ्ठा, अमलालगायतको बहुमूल्य खानी रहेका छन् ।

मेलौलीमा औद्योगिक ग्राम स्थापना भएपछि स्थानीयस्तरमै रोजगारीको सिर्जना हुने विश्वास गरिएको छ । सरकारले साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको हो । रासस

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ८ : ५७ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।