२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सौराहामा पर्यटकीय गतिविधि चलायमान बन्दै



चितवन । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ ।
आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् ।

होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न समय थप गरेर भए पनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका छन । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिन्छ । तिहारपछि आन्तरिक पर्यटकको आगमनले राहत र हौसला मिलेको व्यवसायी बताउँछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान गराउनथालेको बताए । “पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाले लय समात्न खोजेको छ, खर्च धान्ने अवस्था बन्न थालेको छ”,उनले भने । भट्टराईले आन्तरिक पर्यटक आकर्षित गर्न देशव्यापीरुपमा ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

अङ्ग्रेजी नयाँ वर्षअघि जनकपुर, वीरगञ्ज, विराटनगरलगायतका शहरमा जाने योजना रहेको उनले बताए। “देशका मुख्यमुख्य शहरमा अभियान सञ्चालन गर्छौँ, उनले भने”, त्यहाँका उद्योगी, व्यवसायी र सङ्घ संस्थाका प्रतिनिधिसँग भेटघाट गरेर सौराहा खुला छ र सुरक्षित छ भन्ने सन्देश प्रवाह गछौंँ ।” उनले अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रूपमा सौराहालाई प्रवद्र्धन गर्न लागिएको बताए ।

सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिका अध्यक्ष ऋषि तिवारीले पर्यटक आकर्षित गर्न सङ्घले विभिन्न प्याकेज दिएको बताए ।

एक घण्टाको प्याकेजमा हात्ती सफारी गर्नेका लागि डेढदेखि दुई घण्टासम्म घुमाउने गरेको बताए । उनले भने, “चार जना भएपछि मात्रै सफारीमा लैजाने गरिन्थ्यो, तर अहिले दुई जना भए पनि जाने गरिएको छ ।” उनले नाफाभन्दा पनि व्यवसाय धान्ने र पर्यटकलाई आकर्षित गर्ने योजनाका साथ काम गरिरहेको बताए । होटलदेखि हात्ती चढ्ने स्थानसम्म समेत निःशुल्क गाडीको व्यवस्था गरिएको उनले बताए ।

पर्यटन दिवसको दिनदेखि लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुराँ खुलेका थिए । यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । होटल तथा रेष्टुराँले प्याकेजअन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट दिएको बताएका छन् ।

होटलभन्दा रेष्टुराँमा पर्यटक केही धेरै छन् । रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुराँमा आउन थालेको बताए । उनले आन्तरिक पर्यटक बढ्न थालेपछि केही आशावादी बनेको बताए । उनले एशोसिएशनको तर्फबाट १५ प्रतिशतसम्म छुट दिइएको बताए । निकुञ्जले हात्ती, जिप र डुङ्गा सफारीबापत लिँदै आएको राजश्वमा छुट र नयाँ रुट खोलिदिनुपर्ने उनको माग छ ।

सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा रहेका छन् । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । स्वदेशी र विदेशी पर्यटक यहाँ जङ्गल सफारीका लागि आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरुङ्गीको अवलोकन गर्न पर्यटक आउने गर्दछन् । रासस

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ५५ बजे

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन

सहकारीको रकम अपचलनको आरोप लागेकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११