१६ चैत्र २०८२, सोमबार | March 30, 2026

समान पारिश्रमिक माग गर्दै त्रिविका आंशिक प्राध्यापक आन्दोलित



काठमाडौं । समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् ।

वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ ।

आंशिक प्राध्यापक संघका संरक्षक शशीकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भएपनि कार्यान्वयन नभएको बताए । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने शर्माको भनाइ छ ।

संघका प्रवक्ता मोहन घिमिरेले देशभरीका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भएपनि कार्यान्वयन नगर्ने प्रवृति देखिएकोले धर्नामा बस्नु परेको बताए ।

वार्ता टोलीका सदस्य एवं संघका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि प्राध्यापकहरु आन्दोलनरत भएपनि समस्या समाधानका लागि त्रिविले चासो नदिएको जनाए । अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भएपनि काम अनुसारको पारिश्रमिक नभएको बताए ।

प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु पनि राखेको छ । प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  २ : १६ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई